२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रुपन्देही सुपरलिगः बुटवल राइनोज डिभिजन ‘ए’मा प्रवेश



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारकोे खेलमा बुटवल राइनोजले लुम्बिनी शाक्यानलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै बुटवल डिभिजन ‘ए’मा प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय १३ रनको योगफल बनायो । उसका लागि सुरज सारुमगरले नटआउट ५७, शैलेन्द्र यादवले २८, दीपेश रोक्काले २३, सुशान भण्डारीले १७ र अप्सन भण्डारीले १५ रन बनाए ।

बलिङमा लुम्बिनीका एजाज खानले ३, आशिष लोहनीले २ तथा रवि शुक्ला, राहुल गिरी, इमरान अहम्मद र रुपेश बश्यालले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी २२.२ ओभरमा सबै विकेट गुमाउँदै ७० रनमै समेटियो । उसका लागि एजाज खानले १३, सजाउद्दिन खानले १२ र रवि शुक्लाले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।

उसलाई सस्तैमा रोक्न बलिङमा बुटवलका शिव कुँवरले ५.२ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २२ रन खर्चेर ५ विकेट लिए । यस्तै, अलदिप कुँवरले ३ र सुरज सारुमगरले २ विकेट लिए । खेलमा बुटवलका सुरज सारु मगर म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : २० बजे

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम