१४ बैशाख २०८३, सोमबार | April 28, 2026

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको तयारी पुरा, देशभरका लन टेनिस खेलाडी बुटवलमा



बुटवल । भोलीदेखि बुटवलमा हुने प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । ५ दिन सम्म सञ्चालन हुने प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ सम्पूर्ण तयारी पुरा भएको रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न उमेर समुहमा देशभरका १ सय बढि खेलाडीहरु भाग लिने निश्चित भएको बताउँदै अधिकांस खेलाडीहरु बुटवल आइसकेको अध्यक्ष ज्ञवालीले बताए ।

प्रतियोगिताका लागि देविनगरस्थित लनटेनिस कोर्ट मर्मत र रंगरोगन गरी चिटिक्क पारिएको छ । करीब एक महिनादेखि नियमित मर्मतको काम गरेर ४ वटा कार्ड तयार पारिएको उनले बताए । काठमाडौं पछिको सबैभन्दा सुविधा सम्पन्न टेनिस कोर्ट बुटवलमा तयार पारिएको ज्ञवालीले दाबी गरे ।

ज्ञवालीका अनुसार बुटवल उपमहानगरपालिकाको २ लाख रुपैया र खेलाडीहरुबाट २ लाख रुपैयाँ जुटाएर मैदान तयार गरिएको हो । करीब ७ कठ्ठा क्षेत्रफलमा ४ वटा कोर्ट तयार भएको छ । २ वटा कोर्टसहित एक सय क्षमताको दर्शक बस्ने प्याराफिट राखेपको ८० लाख रुपैया र थप खेलाडीहरुबाट सहयोग जुटाएर कुल १ करोड १७ लाख रुपैयाँमा बि.सं २०७५ सालमा निर्माण भएको हो ।

प्रतियोगितामा पुरुष एकल खुला ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि तथा ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेट्रान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेटान्स ५५ माथि पुरुष ६५ माथि गरि कुल १२ इभेन्टमा प्रतियोगिता संचालन हुने छ ।

प्रतियोगिताको पुरुष र महिला सिंगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तथा तृतिय दुई जना खेलाडीलाई जनही २० हजार रुपैया रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिंगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमश नगद ३० हजार, १५ हजार र १० हजार रुपैया ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमश २० हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतिय खेलाडीलाई क्रमश १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष ज्ञवालीले बताए । उनका अनुसार डबल तर्फ पुरुष डबल र महिला डबल उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स डबल्सतर्फ ३५र४५र५५र६५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैया तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान गरिएको ज्ञवालीले बताए ।

विश्व खेल जगतमा चर्चित खेल भएपनि केही वर्ष पहिले सम्म यो खेल नेपालमा काठमाण्डौ र पोखरामा केन्द्रित रहेको थियो । पछिल्लो एक दशकमा रुपन्देहीमा समेत लन टेनिसको खेल र खेलाडी विकास भैरहेको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : ५४ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११