१४ बैशाख २०८३, सोमबार | April 28, 2026

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता : मंगलबार फाईनल खेलहरु हुदै



बुटवल । रुपन्देहीमा जारी प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तेस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन । सोमबार भएको सेमीफाईनल खेलहरुबाट विजयी हुदै मेन्स सिगल, मेन्स डबल्स, वुमन्स डबल्स, ३५ प्लस मेन्स सिगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स सिगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स सिगल, ४५ प्लस मेन्स डबल्स, ५५ प्लस मेन्स डबल्सका खेलाडीहरु फाईनल चरणको भिडन्त पक्का गरेका छन । वुमन्स सिगल र ५५ प्लस मेन्समा भने सेमीफाईनलमा प्रवेश गरेका छन ।

देबिनगर लनटेनिस कोर्टमा भएको मेन्स सिगलमा प्रदिप खड्काले प्रितम परियारलाई पहिलो सेट ६–१ ले अग्रता लिएका थिए । भने दोस्रो सेट परियार रटार्यड हन्ट भएपछि प्रदिप खड्का फाईनलमा प्रवेश गरेका हुन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा रितिक रानाले प्रनव खनाललाई ६–३, ६–४ को सेटमा जित निकाल्दै फाईनल भेट पक्का गरेका छन ।

मेन्स डबल्सको फाईनल समिकरण पुरा भएको छ । पहिलो सेमीफाईनलमा प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीले सक्षम बिक्रम शाह र प्रितम परियारको जोडीलाई ६–१, ६–१ तथा दोस्रो सेमीफाईनलमा रितिक राना र निशान्त श्रेष्ठको जोडीले आशिष खड्का र विष्णु नेपालीको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन ।

वुमन्स डबल्समा फाईनल समिकरण पुरा भएको छ । पहिलो सेमीफाईनलमा माहिका राणा र रायना शाहको जोडीले प्रकृति श्रेष्ठ र आईशा डल्कर गुरुङलाई ७–५, ६–१ तथा दोस्रो खेलमा भगवती बिक र श्रीमाया थापाको जोडी वाकओभर दिएपछि अभिलाषा विष्ट र सुभाङी लक्ष्मी शाहको जोडी फाईनल प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस मेन्स सिगलमा सन्तोष खत्रीले कमल भण्डारीलाई ४–६, ६–२, १०–५ तथा
सिमान्त गुरुङले सन्जय श्रेष्ठलाई ६–४, ६–४ ले पराजित गदै फाईनल यात्रा तय गरेका गरेका छन । यसैगरि ३५ प्लस मेन्स डबल्समा कमल भण्डारी र सिमान्त गुरुङको जोडीले अनिल शाही र समिर शेरचनको जोडीलाई पहिलो सेट ५–२ को अंकले जित निकाल्दै अग्रता लिएका थिए । दोस्रो सेटमा अनिल शाही र समिर शेरचनको जोडी रिटायर्ड हन्ट भएपछि फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो खेलमा निरज थापा र सुर्य भुजेलको जोडीले विकास गुरुङ र लक्ष्मण तामाङको जोडीलाई ६–२, ६–० अंकले पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस मेन्स सिगलको पहिलो खेलमा बिमल गुरुङले गोपी भट्टराईलाई ६–०, ६–४ तथा दोस्रो खेलमा रोहित सुनुवारले माधव भण्डारीलाई पहिलो सेट ६–१ तथा अर्को सेटमा माधव भण्डारी रिटायर्ड हन्ट भएपछि रोहित फाईनलमा प्रवेश गरेका छन ।
यसैगरि ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराइ र धर्म सिह लामिछानेको जोडीले मनोज नेपाल र अर्जुन गुरुङको जोडीलाई ६–१, ६–२, लोक गुरुङ र ईन्द्र गुरुङको जोडीले राजु गुरुङ र बसन्त प्रधानको जोडीलाई ६–२, ६–१ फाइनल भिडन्त पक्का गरे ।

यसैगरि ५५ प्लस मेन्स डबल्समा भने कमल थापा र कृष्णराज घलेले मनोज बस्नेत र अब्दुल सहमतलाई ६–१, ६–० तथा दोस्रो खेलमा धर्म सिह लामिछाने र राजु गुरुङको जोडीले मनोज राणा र ध्रुव गुरुङको जोडीलाई ७–६, ७–६ पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।

५५ प्लस मेन्समा सेमीफाईनल समिकरण पुरा भएको छ । पहिलो खेलमा बिनोद कायस्थले मनोज राणालाई ६–४, ६–३ तथा कृष्णराज घलेले समिर शेरचनलाई वाकओभर पाएर सेमीफाईनलमा प्रवेश गरेका छन ।

वुमन्स सिगलको क्वाटरफाईनल खेलमा रायना शाहले सुभाङी लक्ष्मी शाहलाई ७–६, ७–६, माहिका रानाले आईसा डोल्कर गुरुङलाई ६–०, ६–१ ले जित्दै सेमीफाईनलमा प्रवेश गरेका छन । यसैगरि प्रकृति श्रेष्ठले भगवती बिकलाई पहिलो सेट ६–४ अंकले जित्दै अग्रता लिए भने दोस्रो सेटमा भगवती रिटायर्ड हन्ट भएपछि प्रकृति सेमिफाईनल प्रवेश गरिन । अभिलाष विष्ट बाई पाएर सेमीफाईनलमा प्रवेश गरेकी छिन । दोस्रो दिन २३ खेलहरु सम्पन्न भएको संयोजक सन्जय प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ५४ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११