२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मुख्यमन्त्री गिरीद्वारा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको शुभारम्भ



देउखुरी । मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सुरु भएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको आज एक संक्षिप्त समारोहबीच दाङको देउखुरीबाट शुभारम्भ गरेका छन ।

राप्ती उपत्यकाको देउखुरी पिपरी स्थित स्वास्थ्य चौकीमा आयोजित संक्षिप्त अभियानको सुभारम्भ गरे । लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान सुरु भएको छ । अभियान फागुन २५ गतेसम्म सन्चालन हुनेछ ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो ।

दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सार्वजनिक स्थलहरुमा औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्रीले आग्रह गरेका छन ।

कार्यक्रममा मन्त्री इन्द्रजीत चौधरी, स्वास्थ्य सचिव विकास देवकोटा, पालिका अध्यक्ष प्रकाश विष्टलगायत सहभागी थिए । औषधि सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : ३२ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३