३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ । उसले लुम्बिनी शाक्यानलाई ३ सय २८ रनको विशाल रन अन्तरले पराजित गर्दै जित निकालेको हो । लिगको इतिहासमा यति ठूलो रन अन्तरले हारजित भएको यो पहिलो पटक हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ४ सय १८ रनको विशाल योगफल बनायो । उसका उक्त योगफल बनाउन दिलशाद अलीले १ सय ४२ रनको योगदान दिए । यस्तै, सचिन राजभरले ३९, अजय रसाइलीले ३२, जितेन्द्र शाहनीले ३१, आदित्य त्रिपाठीले ३०, इमरान पठानले नटआउट २८ र इमरान खानले २४ रन जोडे ।

बलिङमा लुम्बिनीका इमरान अहमद, सजाउद्दिन अन्सारी, एजाज खानले समान २-२ तथा राहुल गिरी, रुपेश बश्याल र आषिश लोहनीले १-१ विकेट लिए ।

प्रतिउत्तरमा ४ सय १८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २०.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । उसका लागि रुपेश बश्यालले ३० र अफजल हुसेनले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर रन जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनलका दिनेश अग्रवालले ५ तथा इमरान पठानले ४ विकेट लिए । प्रोफेसनलका दिलशाद अली म्यान अफ द म्याच घोषित भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : ४४ बजे

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको