३० भदौ २०८३, मंगलबार | September 15, 2026

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ । उसले लुम्बिनी शाक्यानलाई ३ सय २८ रनको विशाल रन अन्तरले पराजित गर्दै जित निकालेको हो । लिगको इतिहासमा यति ठूलो रन अन्तरले हारजित भएको यो पहिलो पटक हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ४ सय १८ रनको विशाल योगफल बनायो । उसका उक्त योगफल बनाउन दिलशाद अलीले १ सय ४२ रनको योगदान दिए । यस्तै, सचिन राजभरले ३९, अजय रसाइलीले ३२, जितेन्द्र शाहनीले ३१, आदित्य त्रिपाठीले ३०, इमरान पठानले नटआउट २८ र इमरान खानले २४ रन जोडे ।

बलिङमा लुम्बिनीका इमरान अहमद, सजाउद्दिन अन्सारी, एजाज खानले समान २-२ तथा राहुल गिरी, रुपेश बश्याल र आषिश लोहनीले १-१ विकेट लिए ।

प्रतिउत्तरमा ४ सय १८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २०.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । उसका लागि रुपेश बश्यालले ३० र अफजल हुसेनले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर रन जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनलका दिनेश अग्रवालले ५ तथा इमरान पठानले ४ विकेट लिए । प्रोफेसनलका दिलशाद अली म्यान अफ द म्याच घोषित भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : ४४ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी