४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने



विराटनगर । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ ।

राष्ट्रपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो । राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश नं १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए । उनले भने, “प्रदेश नं १ को राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन ।”

आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उनले जानकारी दिए । प्रदेश नं १ प्रदेशसभामा राप्रपाका छ सदस्य छन् । राप्रपाले नेकपा (एमाले)सँग सहकार्य जारी रहने बताएको छ । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य छन् । कूल ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ४७ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ