२३ बैशाख २०८३, बुधबार | May 6, 2026

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा



काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकाछन् ।

पुस १० गते भएको सहमति पालना नगरेको भन्दै एमालेको आज बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट समेत फिर्ता हुने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट प्रतिनिधित्व गर्ने आठ मन्त्रीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए ।

सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि बसेको सचिवालय बैठकले भने राष्ट्रपति निर्वाचनको समयसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ४ : २१ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण