४ पुस २०८२, शुक्रबार | December 19, 2025

आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी  जनाएकी छिन ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाको पत्नि राणाले नेपाली सेना र बहालवाला जर्नेलहरुको ब्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको जनाएकी हुन ।

‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साहेबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ उनले दावी गर्दै भनिन, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भिर हुन जारी छ ।’

उनका अनुसार सरकारको बेभसाइट पनि भर्खरै हयाक भएको जनाउँदै केन्द्रिय सदस्य राणाले  साइबर सुरक्षाका लागि सरकारले गम्भिर भएर लाग्नु पर्नेमा जोड गरेकी छिन् ।

नेपाली सेनाको डाटामा टर्कीमा उपलब्ध हुनु गम्भिर रहेको उल्लेख गर्दै तत्कालै त्यसको समाधान गर्नु पर्ने उनको भनाई छ । सरकारले यसवारेमा गम्भिर लिएन भने सरकारी गोप्य सुचनाहरु अन्य देशका नागरिकले सहजै प्राप्त गरिरहने खतरातर्फ सर्तक रहन उनले पनि जोड गरिन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : १६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा