४ पुस २०८२, शुक्रबार | December 19, 2025

मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियो : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् ।

आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन् ।

३ जेठ २०५० मा पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा पार्टीका महासचिप मदन भण्डारी र जीवराज  आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटनामा परेको र दुवै जनाको मृत्यु भएको घटनालाई नेपालको राजनीतिमा रहस्यमय मानिँदै आएको छ ।

भण्डारी र आश्रितको हत्या भएको भन्दै आयोग बनाएर  छानबिन गर्न माग गर्दा २१ जनालाई गोली हानेर मारेको अध्यक्ष ओलीको भनाइ छ ।
बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमोक्रेसी भएको कटाक्ष गर्दै अध्यक्ष ओलीको कटाक्ष थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : २६ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह