१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रूपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी



भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुटवल-११ क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरमा खेलमा ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनको योगफल बनायो । उसका लागि वसिर अहम्मदले ५४, नन्दलाल चाईले ३३, विवेक यादव र तुलबहादुर थापाले २४-२४, आशुतोष उपाध्यायले १७ र संदीप मौर्यले ११ रनको योगदान दिए । बलिङमा बुटवल-११ का विभेष खातीले ४, हरिबहादुर चौहान र इशान पाण्डेले समान २-२ तथा एजाज अहम्मदले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल-११ ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय २ रनमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका बीरेन्द्र मल्लाहले ४, वसिर अहम्मद र विवेक यादवले समान २-२ तथा तुलबहादुर थापा र संदीप मौर्यले १-१ विकेट लिए । बुटवल-११ का इशान पाण्डे र विभेष खातीले १९-१९, हरिबहादुर चौहानले ११ र अशोक पौडेलले १० रन बनाए । तिरुपतिका वसिर अहम्मद म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ४ : २६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क