६ श्रावण २०८३, बुधबार | July 23, 2026

अन्तराष्ट्रिय महिला दिवसमा आइएमई अटोमोटिभ्सको “महिला सशक्तिकरण अभियान”



काठमाडौ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियान अन्र्तगत सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान सहितको निःशुल्क तालिम प्रदान गरिनेछ ।

उक्त तालिम मार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिइएको छ । यस्ता अभियानहरुले महिला सशक्तिकरणमा जोड दिदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ ।

आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ ।“यो निःशुल्क तालिम प्रदान गरेर, हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं ।“
यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ । तालिमको अन्त्यमा, सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछ, जसलाई सम्भावित रोजगारदाताहरूलाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : ५७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क