७ भदौ २०८३, आइतबार | August 23, 2026

स्ववियु निर्वाचन : मौन अवधि सुरु, प्रचार-प्रसारमा रोक



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार-प्रसार बन्द गरिने प्रावधान रहे अनुरुप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार-प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

यही चैत ५ गते हुने स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३८ बजे

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद

भरतपुरमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया