७ भदौ २०८३, आइतबार | August 23, 2026

सिराहा छुवाछुत प्रकरण : जाहेरी दर्तागरी अनुसन्धान अघि बढाउन दलित आयोगको निर्देशन



सिरहा। सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा दलित समुदायमाथि भएको छुवाछुत घटनाको जाहेरी दर्तागरी अनुसन्धान अघि बढाउनको लागि राष्ट्रिय दलित आयोगले निर्देशन गरेको छ।

घटनाको सत्य तथ्य छानविनका लागी सिरहा आएका आयोगका सदस्य टुञ्जे बराईली नेतृत्वको टोलिले घटनास्थलमा दलितहरुसँग भेटघाट गरी सरकोकारवाला निकायलाइ पीडितको जाहेरी दर्तागरी अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देनशन दिएको हो।

आयोगको टोलिले भगवानपुर गाउँ पालिका अध्यक्ष उग्र नारायण यादव, जिल्ला प्रमुख अधिकारी भोजराज खतिवडा, जिल्ला प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बु, घटनाका पीडित दलित समूदाय, दलका दलित नेताहरुसँग भेटभाट र घटनाको विषयमा गहन छलफल  भएको आयोगका सदस्य बराईलीले जानकारी दिए।

‘घटनाको विषयमा हाम्रो टोलिले अध्यन गरेको छस आयोग सदस्य बराईलीले भने, ‘धेरै विषय पत्रपत्रिकामा पनि आएको र आयोगले यस अघिपनि विज्ञप्ती निकाली कार्वाहीको लागि सरकारलाई सिफारिस गरिसकेको  अवस्था छ।, अनुसन्धानको क्रममा आएको रिपोर्टको आधारमा आयोगले थप निर्णय लिन्छ।’

भोज स्थलमा व्यानर राखेर दलितमाथि विभेद गरेको भन्ने सवै सार्वजनिक भईसकेको अवस्था रहेको बताउँदै बराईलीले सिरहामै वसेर दुईदिन लगाएर आयोगले सवै कोणहरुबाट घटनाको अनुसन्धान गरेको छ, यसले बनाएको रिपोर्टको आधारमा आयोग अगाडी बढ्ने बताए।

उनले स्थानीय दलितहरुले दिएको उजुरी तत्काल दर्तागरी अनुसन्धान अगाडी बढाउन पनि प्रहरी प्रमुख लिम्वुलाई निर्देशन दिएको जनाए।

गाउँ पालिका प्रमुख यादवको आमाको १३ औं दिनको अवसरमा आयोजित भोजमा दलित र  गैरदलितहरुलाई  व्यानर, प्ले कार्ड र माईकीङ नै गरेर छुट्टा छुट्टै राखेर भोज खुवाएको थियो। यसप्रति सिरहासहित देशैभरका दलित अधिकारकर्मी र संघ संगठनहरुले विरोध जनाउँदै आएको छ।

यता गाउ पालिका प्रमुख यादवले आफूले त्यस्तो गर्न कसैलाई नभएको र कसले के मनसायले राख्यो भन्ने कुरा आफूलाई जानकारी नभएको बताउँदै आएको छ। उनले आफूले पनि सामाजिक सञ्जाल र मिडियामार्फतमात्र थाहा पाएको बताउछन्।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ५० बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र