२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

मेघगर्जन र चट्याङसहित वर्षा



काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौँमा आज अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ । प्रि– मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा तीन मिलीमिटर वर्षा मापन गरिएको छ ।

आज सबैभन्दा धेरै ओखलढुङ्गामा १० मिलीमिटर वर्षा भएको छ । ताप्लेजुङमा दुई, भैरहवामा तीन, नेपालगन्जमा दुई र धनगढीमा एक मिलीमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव पाँच र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : २९ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता

२ अर्व होइन, २ रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट

भागबन्डा होइन, निष्पक्ष महाधिवेशनको ग्यारेन्टी चाहिन्छ : कांग्रेस इतर समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र बृहत्तर एकता कायम

सभामुखमाथि हर्क साम्पाङको आक्रोश – ‘संसदीय अभ्यासमा कलंक पोतियो’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन्