२९ असार २०८३, सोमबार | July 13, 2026

राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा अध्यक्ष नेपालले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे ।

उनले भने, “अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।” अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसकेको उल्लेख गरे ।

“हाम्रो मानसिकता अरुलाई दोष दिनेछ”, उनले भने, “आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।”

प्रधानमन्त्रीले राख्नुभएको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ५९ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको