८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा अध्यक्ष नेपालले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे ।

उनले भने, “अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।” अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसकेको उल्लेख गरे ।

“हाम्रो मानसिकता अरुलाई दोष दिनेछ”, उनले भने, “आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।”

प्रधानमन्त्रीले राख्नुभएको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो