८ भदौ २०८३, सोमबार | August 24, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन ।

गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास गरेका हुन ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलगायतको सहभागिता थियो । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत रू ८० करोड रहेको छ ।

पन्थडिहीदेखि साहिलटारसम्मको झन्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्र हुनेछ । बुड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोरखाको पालुङटार नगरपालिका एवं सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दूधपोखरी नगरपालिकाका विभिन्न क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ३ : ०८ बजे

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत

बागमतीका मुख्यमन्त्री थापा मगर विरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध दायर

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’

नेपालगन्ज । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति

गरिमा हत्या प्रकरणमा राज्य संवेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, मंगलबार नयाँ नियुक्त मन्त्रीहरुको शपथग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले मौजुदा मन्त्रिपरिषद्