४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्युठानका सबै स्थानीय तह कोरोना प्रभावित, जिल्लामा संक्रमितको संख्या २५८



प्युठान । प्रदेश नम्बर ५ को प्युठानमा अहिले सम्म मुक्त रहेको प्युठानको झिमरुक गाउँपालिकामा समेत कोरोना संक्रमित भेटिए पछि प्युठानका सबै स्थानीय तह कोरोना प्रभावि बनेकाछन् । हालसम्म संक्रमित नदेखिएको प्युठानको झिमरुकमा समेत कोरोना बिहान पुष्टि भएपछि जिल्लाका सबै (९) स्थानीय तहमा कोरोना संक्रमण फेला परेकके हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको जिल्लाका १ सय १ जनाको परीक्षणमा माण्डवी, झिमरुक र नौबहिनी गाउँपालिका ३ महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ३ गरी ४७ जनामा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितहरु १७ वर्षदेखि ६० बर्ष उमेर समूहका रहेका छन ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५८ पुगेको छ भने, २ जना निको भइ घर गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको