७ भदौ २०८३, आइतबार | August 24, 2026

निर्वाचन आयोगबाट उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत, १२ हजार बढी मतदाता थप



काठमाडों । आगामी बैशाख १० गते हुने उपनिर्वाचनसमेतका लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावली बमोजिम आयोगबाट ९ बैशाख २०८० साल सम्म १८ वर्ष उमेर पुग्ने नागरिकहरुको मतदाता नामावली प्रकाशन गरिएको हो ।

आज प्रशाशित नामावली अनुसार नेपालमा महिला मतदाता ८८ लाख ५८ हजार ०४६, पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ जना र अन्य १८५ जना गरी जम्मा १ करोड ८० लाख १ हजार ५६६ जना रहेका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी जम्मा १ करोड ८९ लाख ८८ हजार ५७० जना रहेकोमा हाल १२ हजार९९६ मतदाता वृद्धि भएको आयोगले जनाएको छ ।

उप निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा १ लाख ५ हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १८५ घटी १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।

यसैगरी आयोगको निर्णयानुसार उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदानकेन्द्र कायम भएको छ । सो अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदानकेन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ८२ मतदानस्थलमा १३७ मतदानकेन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने छन् । उक्त क्षेत्रहरुमध्ये चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् भने बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ ।

आयोगको निर्णयअनुसार चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्लामा दर्ता स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य २०७९ माघ २ गतेदेखि यथावतजारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जनाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : १७ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना