१ चैत्र २०८२, आइतबार | March 16, 2026

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु, पत्रकारिताको भूमिका परिवर्तन गर्न सञ्चारमन्त्री शर्माको आग्रह



बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु भएको छ । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने छ ।

कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पत्रकारिताको भूमिका परिवर्तन गर्न आग्रह गरेकी छन् ।  मुलुकको परिवर्तन, संविधान निर्माण लगायत सबै आन्दोलनहरुमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउँदै उनले अबको भूमिका फरक रहने उल्लेख गरिन् । अबको दिनमा भएका परिवर्तनले जनतालाई के दियो भन्ने विषयमा मिडिया चनाखो हुन आवश्यक रहेको उनले बताइन् । लामो समयसम्मको प्रयासमा पनि कानून बन्न नदिने र बनेका कानूनहरु पनि कार्यान्वयन हुन नदिने अवस्थाका बारेमा मिडियाले आवाज उठाउन आवश्यक रहेको उल्लेख गरिन् ।

यसैगरी मन्त्री शर्माले पत्रकारहरुको न्युनतम पारिश्रमिकको कार्यान्वयनका विषयमा सम्मेलनमा गम्भीर भएर छलफल गर्न सुझाब दिइन । न्युनतम पारिश्रमिक निर्धारण गरेर मात्रै नहुने बताउँदै मन्त्री शर्माले त्यसको कार्यान्वयनलाई जोड दिइन ।

महासंघका सल्लाहकार डा. महेन्द्र विष्टले मिडियाको अस्तित्व बचाउनकै लागि उपाय खोज्नु पर्ने स्थितीको सिर्जना भएको बताए । परम्परागत ढाँचाबाट मिडियालाई लामो समय धान्न सकिने अवस्था नभएको बताउँदै उनले सोही अनुसारको पुनःसंरचना आवश्यक रहेकोमा जोड दिए ।

महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोविन्द आचार्यले सबैले चाहना गर्ने हो भने सदस्यता सुद्धिकरण सम्भव भएको उल्लेख गरे । यसैगरी मिडियामा भएको श्रम समस्या र मिडियालाई कसरी माथी उठाउने भन्ने विषयमा गम्भीर भएर छलफल गर्न आवश्यक रहेको बताए । यसैगरी मिडियाका कानून, नीति र संरचना संघीयता अनुसार बनाइनु पर्ने उल्लेख गरे । मिडियाको दर्ता तथा नविकरण जस्ता सामान्य कुराका लागि पनि काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने उनले बताए । अर्का सल्लाहकार निर्मला शर्मा सम्मेलनमा स्वतन्त्र प्रेसको रुपमा गम्भीर भएर छलफल गर्न आग्रह गरिन् । लुम्बिनी विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले मिडिया सधै प्रतिपक्ष भएर काम गर्नु पर्ने भए पनि समृद्धि र शान्तिको पक्षमा मिडिया सत्तापक्ष बन्न आग्रह गरे ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघ सरकारीकरण हुँदै गएको भन्दै टिप्पणी गरे । महासंघले पत्रकार सम्बद्ध संगठनहरुलाई बेवास्ता गरेको भन्दै यदी त्यसो गरिए आफैलाई घातक हुने चेतावनी दिए । त्यसैगरी महासंघ खुट्टा नकमाइकन सुद्धिकरणमा लाग्न समेत उनले सुझाब दिए । सुद्धिकरणका लागि प्रेस चौतारी आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले कार्यान्वयनका लागि आग्रह गरे । फरक प्रसङ्गमा उनले विज्ञापन बोर्ड विज्ञापन एजेन्सीसँग दलाली गर्न लागेको आरोप लगाउँदै सुधारका लागि आग्रह गरे ।

प्रेस यूनियन नेपालका अध्यक्ष शिव लम्सालले आग्रह, पूर्वाग्रह रुपमा सुद्धिकरणमा लागेमा उक्त कुरा आफ्नो संगठनलाई सहिय नहुने उल्लेख गरे । सुद्धिकरणका लागि प्रेस काउन्सिल जस्तै छुट्टै संरचना बनाएर लाग्न उनले सुझाब दिए । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले नयाँ ल्याउने भनिएको सञ्चार विधेयक विगतमा जस्तो छलफलमै सीमित नगराउन सरकारसँग आग्रह गरे । समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीले पत्रकारको नेतृत्व पत्रकारले नै छान्ने स्थितीको निर्माण गर्नुपर्नेमा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यक्रममा  सहभागीहरुलाई स्वागत गर्दै सम्मेलनमा सदस्यता सुद्धिकरण तथा आर्थिक संकटले मिडियामा देखिएको असर लगायतको विषयमा छलफल गरिने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष शिक्षु मैत्तय तथा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । महासंघ अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ५३ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन