४ पुस २०८२, शुक्रबार | December 19, 2025

आदर्श मावि खजुराको पूर्व विद्यार्थी भेला



खजुरा । बाँकेको खजुरास्थित आदर्श माध्यामिक विद्यालयको पूर्व विद्यार्थी भेला शनिबार सम्पन्न भएको छ । २०२९ सालमा स्थापित विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको भेलाले नयाँ बर्षको अवसर पारेर बैशाख ९ गते वृहद भेला तथा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ ।

भेलामा बोल्दै विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले पूर्व विद्यार्थीहरु संगठित हुनु विद्यालयका लागि सकारात्मक रहेको भन्दै बढि भन्दा बढि विद्यार्थीलाई समाजमा समेटन सुझाव दिए ।

२०४५ सालमा प्रवेशिका उत्तिर्ण गरेका पूर्व विद्यार्थी बासुदेब तिवारीको अध्यक्षतामा भएको भेलामा पूर्व विद्यार्थीहरु विक्रम गिरी, निरज भट्ट लगायतले पुर्व विद्यार्थी समाजलाई बढिभन्दा बढि पूर्व विद्यार्थीको सहभागिता बनाई रचनात्मक काममा क्रियाशिल बन्नुपर्ने सुझाव दिए । भेलाले पुर्व विद्यार्थी गोविन्द शर्माको संयोजकत्वमा वृहद भेला तयारी समिति गठन गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज