१० भदौ २०८३, बुधबार | August 26, 2026

लुम्बिनीमा एकै दिन २ वटा मेघा म्याराथन हुँदै



बुटवल । लुम्बिनीमा एकैदिन २ वटा अन्तरराष्ट्रिय स्तरका म्याराथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी सहित नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदले म्याराथन प्रतियोगगिता गर्ने भएका हुन् । एकेडेमीले लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको आयोजना गरेको छ भने ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पीस म्याराथन-२०२३ को आयोजना गर्ने भएको हो ।

लुम्बिनी प्रदेश खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै दुबै संस्थाको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रणा गरिएको उनले बताए । निमन्त्रणा गरिएका सबै देशबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने श्रेष्ठको दाबी छ । महासचिव श्रेष्ठका अनुसार कपिलवस्तुको तिलौराकोट दरबारबाट विहिबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने छ ।

प्रतियोगितामा नेपालको विभागीय टिम सहित विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । विशेष गरि वुद्धिजम मान्ने देशहरुलाई लक्षित गरि ती देशहरुलाई निमन्त्रण गरिने श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको पनि उनले बताए ।

पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका