७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलको नयाँ गाउँमा लुम्बिनी सिटी क्याम्पस उद्घाटन



बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालय अन्र्तगतका पहिलो विस्तारित कलेज लुम्बिनी सिटी क्याम्पस बुटवल-१२ नयाँ गाउँमा शुभारम्भ गरिएको छ ।

बुद्धिजमका विविध विषयमा पढाई हुदै आएको यो क्याम्पसको औपचारिक रुपमा सोमबार बुधबार गरिएको हो । एक कार्यक्रमका विच नेपाल सरकारका पुर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिटी कलेजको शिलालेख अनावरण गरि उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर २ का सांसाद समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुटवलाई शैक्षिक नगरीको रुपमा शिक्षाको हवको रुपमा विकास गरिने बताए । उनले लुम्बिनी बौद्ध विश्व विद्यालय चाहिन्छ भन्ने अभियानमा आफुले लामोसमय देखि नै पहल गर्दै आएको बताउँदै काठमाडौंमा रहेको लुम्बिनी विश्व विद्यायलले लुम्बिनीमा केन्द्रीय कार्यालय स्थापना गरेर छाटो समयमा राम्रो प्रगति गरेको बताए ।

लुम्बिनी विश्व विद्यालयललाई राज्यले निरन्तर सहयोग गर्नुपर्ने भन्दै यसको जिम्म सरकारले लिएर सबै प्रक्रिया अगाडी बढाउनको लागि आग्रह समेत गरे । उनले राज्य संयन्त्रले बौद्ध शिक्षाको लागि लगानी गर्नुको विकल्प नभएको बताए बताए ।

विकासका दृष्टिकोणले रुपन्देहीलाई देशकै नमुना जिल्लाको रुपमा विकास गर्न सफल भएको बताउँदै उनले शिक्षा क्षेत्रमा पनि रुपन्देही देशमा नै अग्रणी जिल्लाको रुपमा आएको बताए । जनताको साथ, सर्मथनबाट रुपन्देही एउटा नमुना जिल्लाको रुपमा देशमा मात्रै नभएर विदेशमा पनि पहिचान बनाउन सफल हुने बताए ।

लुम्बिनी विश्व विद्यालय संगको सहकार्यलाई विटीआईलाई ईन्जीनियरिङ्ग कलेजको रुपमा विकास गर्ने गरी काम अगाडी बढाउनको लागि आफुले सक्दो सहयो गर्ने बताए । बुटवल उपमहानगरपालिकाले समेत यो विषयमा चासो देखाएको भन्दै उनले सबैको साथ र सहयोगले त्यो कामले सार्थक पाउने बताए ।

विटीआईलाई एउटा आंगिक ईन्जीनियरिङ्ग कलेजको रुपमा विकास गर्ने गरी काम अगाडी बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सांसाद भोज प्रसाद श्रेष्ठले बौद्ध शिक्षा, दर्शनको महत्व पछिल्लो समयमा बढ्दै गएको भन्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका आंगिक क्याम्पसहरु देशैभरी नै विस्तार हुनुपर्ने बताएका थिए ।उनले प्रदेश सरकारले यसको लागि सहयोगन गर्न तयार रहेको बताए ।

पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुर्दशन बरालले लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी कलेज स्थापनको लागि आफु मन्त्री हुँदा ठुलो पहलबाट नै अहिलेको संभव भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी बौद्ध विश्व विद्यालयको योजना अव सबै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी काम अगाडी बढाउने बताएका थिए । उनले अहिले विश्व विद्यालयमा बौद्ध, दर्शन, शिक्षा सहित पर्यटन, व्यवस्थापन र कानून विषयमा समेत अध्यापन भैरहेको जानकारी दिदै स्थापनाको लामो समय पछि लुम्बिनीमा नै केन्द्रीय कार्यालय स्थापना गरी काम गर्न सफल भएको बताए । उनले केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालन गरेपश्चात विद्यार्थीहरुको चाँप क्याम्पसमा बढ्दै गएको समेत बताएका थिए ।

५ करोड २० लाख ५० हजार लागत २ तले शैक्षिक भवन निर्माण गरिएको हो । कार्यक्रममा नयाँगाउँ माध्यमिक विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, प्रध्यापक संघका पूर्व अध्यक्ष बल बहादुर पाण्डे लगायतले बोलेका थिए ।

कार्यक्रम सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको सञ्चालनमा भएको थियो । सिटी क्याम्पसका लागि ५ करोड २० लाख ५० हजार लागतमा २ तले शैक्षिक भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ५९ बजे

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका