८ पुस २०८२, मंगलबार | December 24, 2025

जनताका सुझावका आधारमा पार्टी पुनर्निर्माण गछौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ



कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनर्निर्माण गरिने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता श्रेष्ठले पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश पार्टीलाई अभियानमा राम्रोसँग परिचालित हुन निर्देशन दिए ।

गाउँगाउँमा पुगेर जनता, सहिद परिवार तथा बेपत्ताका परिवारबाट सुझाव लिएर जस्ताको तस्तै ल्याउन र पार्टी केन्द्रमा बुझाउन आग्रह गरे । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ । सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला । सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

उपाध्यक्ष श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको जानकारी दिए । पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरुका बीच समाजवादी मोर्चा बनाइने उनले बताए । गृहमन्त्री श्रेष्ठले जनतालाई विकास र सुशासनको अनुभूति दिने गरी सरकारले काम गरिरहेको बताए । सरकारका कामलाई जनतासम्म लैजान र जनताका विकासका आवश्यकतालाई सरकारसम्म ल्याउन पार्टीका नेता कार्यकतालाई उनले निर्देशन दिए । “जनतालाई राम्रोसँग सहज रुपमा सर्भिस डेलिभरी अहिलेको आवश्यकता हो । यसबाट मात्र जनतामा सरकारप्रति विश्वास पैदा हुन्छ”, श्रेष्ठले भने ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ४४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना