१६ असार २०८३, मंगलबार | July 1, 2026

आईपीएल : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको छ ।

बुधबार एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो ।

चेन्नाईका डेविड कोनवेले ५० रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान महेन्द्र सिंह धोनीले ३२, अजिन्क्या रहानेले ३१ र रवीन्द्र जडेजाले २५ रन बनाए ।

राजस्थानका रविचन्द्रन आस्विन र युजवेन्द्र चहलले समान दुई विकेट लिए । एडम जाम्पा र सन्दीप शर्माले एक-एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

राजस्थानका जस बटलरले ५२ रन बनाए । देवदत्त पडिकलले ३८ रन जोड्दा रविचन्द्रन आस्विन र सिमरन हेटमायरले समान ३० रन थपे । चेन्नाईका आकाश सिंह, रवीन्द्र जडेजा र तुसार देशपान्डेले समान दुई विकेट लिए । मोइन अलिले एक विकेट लिए ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको पाचौं स्थानमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : २६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी