२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रिपोर्ट नआउँदै क्वारेन्टिनमा मृत्यु भएका भान्सेको दाहसंस्कार



बैतडी । क्वारेन्टिनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ ।

शनिबार मृत्यु भएका भान्सेको घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए । शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका ती व्यक्तिको दाहसंस्कार गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई दासंस्कारका लागि दिइएको हो । आवश्यक सुरक्षा सतर्कता अपनाएर सुरक्षितरुपमा परिवारका निश्चित मान्छे सहभागी भएर दाहसंस्कार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, ‘रिपोर्ट आउन समय लाग्ने र पछि शव बिग्रने र घरपरिवारका मान्छेलाई पनि चिन्ता हुने भएकाले दाहसंस्कार गर्न लगायौैँ ।’ शव परीक्षणका क्रममा यही कारण मृत्यु भएको भन्ने खासै केही पनि नदेखिएको जिल्ला अस्पतालका डाक्टर वसन्तराज जोशीले बताउनुभयो ।

मृतकको कोरोना तथा पिसिआर परीक्षणको स्वाब सङ्कलन गरी धनगढी पठाइएको छ । सो नगरपालिकामा हाल ३० जना कोरोना सङ्क्रमित रहेका छन् । भने जिल्लाभरि २३३ जनामा कोरोना पुष्टि भएको छ । रासस

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ४५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले