११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन



ब्रासिलिया । ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार मस्कोका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर वासिङ्टनले गरेको आलोचनाको ब्राजिलले अस्वीकार गरेको हो ।

चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्किएका ब्राजिलका राष्ट्रपति र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटवार्तामा पनि उनले चीन र मध्यपूर्व भ्रमणका बेला ‘युक्रेन युद्ध अन्त्य तथा त्यहाँ शान्ति स्थापनाका निम्ति अमेरिकाले प्रयास गर्नुपर्ने’ मा जोड दिएका थिए ।

युक्रेनमा युद्ध स्वयम् किएभले नै निम्त्याएको उनको कथनप्रति अमेरिकाले आपत्ति जनाएको थियो । वासिङ्टनले राष्ट्रपति लुला चीन र रुसका समर्थक भएको आरोप लगाएको छ । मस्कोमाथि प्रतिबन्ध लगाउने तथा किएभलाई सुदृढ पार्ने अन्तरराष्ट्रिय प्रयास तथा विशेष गरी पश्चिमा राष्ट्रका कदमप्रति राष्ट्रपति लुलाले गरेको टिप्पणीबाट अमेरिका रुष्ट भएको छ ।

युक्रेन युद्धलाई लिएर चीन तटस्थ देखिए पनि मस्कोसँगको बेइजिङको साझेदारी कायम छ । बेइजिङ मस्कोमाथि प्रतिबन्ध लगाउने नीतिको विपक्षमा छ । युक्रेनमा शान्ति कायम गर्न मध्यस्थता गर्ने प्रयासस्वरुप केही साताअघि बेइजिङले शान्ति स्थापनाको मार्गचित्र पनि प्रस्तुत गरेको थियो ।

करिब एक महिनाअघि रुस भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : २० बजे

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको