५ पुस २०८२, शनिबार | December 20, 2025

एसिसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिडदै



काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज (शुक्रबार) ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग-२ को आठ खेलमा जित निकालेको थियो ।

यद्यपि, लिग-२ का सबै खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेलको रुपमा मान्यता प्राप्त थियो । तर, अहिले जारी एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय भए नभएको बारेमा भने आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) दुवैले केही खुलाएका छैनन् ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । यता, ओमानले भने पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ४३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता