३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको सानदार जित



काठमाडौं । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि डेभन कन्वेले अर्धशतकीय पारी खेले । ५७ बलको सामना गरेका उनले १२ चौका र १ छक्कासहित अविजित ७७ रन बनाए । त्यस्तै, ऋतुराज गायकवाडले ३५, अजिंक्य रहाणे, अम्बाती रायडूले ९/९ र मोइन अलीले अविजित ६ रन जोडे । हैदराबादका लागि मयंक मार्कन्डेले मात्र २ विकेट लिन सकेन ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि अभिषेक शर्माले ३४, राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, हेनरिक क्लासेन, मार्को जेनसनले १७/१७ र कप्तान एडन मार्कमले १२ रन बनाए ।

चेन्नईका लागि रवीन्द्र जडेजाले तीन, आकाश सिंह, माथीशा पाथिराना र महेश थिक्क्षणाले एकरएक विकेट लिए । यो जितपछि ६ खेलबाट ८ अंक जोडेको चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । उसले ६ मध्ये ४ मा जित र २ खेलमा हारको सामना गरेको छ ।

पराजित हैदराबाद ४ अंकसहित नवौँ स्थानमा छ । उसले ६ खेल खेल्दा ४ मा हार तथा २ खेलमा मात्र जित हात पारेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : १९ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने