१० भदौ २०८३, बुधबार | August 26, 2026

एसीसी प्रिमियम कप क्रिकेट: नेपाल र युएईकाे बाँकी फाइनल खेल सुरु



काठमाडौ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल सुरू भएको छ ।

एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगेको बाँकी खेल पुरा गर्नका लागि आज पुनः खेल सुरु भएको हो ।

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो । आजको खेल यहीवाट सुरु हुनेछ ।

आज युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गरेको हो।  बलिङमा ललित राजबंशी छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन्।

नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक बर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।

तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि बर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा रोकिन छाँटकाट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।

हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो  ।

हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानवाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।

मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमवारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ, त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ । बरियताको आधारमा आधारमा युएई भन्दा अगाडी रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ।

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : १४ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट