२ श्रावण २०८३, शनिबार | July 18, 2026

मुख्यमन्त्री चौधरीलाई लुम्बिनी प्रदेशसभाको विश्वासको मत हासिल



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा मत विभाजनका आधारमा चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज भएको मत विभाजनमा एमालेको मात्र विपक्षमा मत परेको छ । यस अघि एमालेलाई साथ दिँदै आएको राप्रपा तटस्थ बसेको थियो । चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गरेका थिए ।

बैठकमा प्रदेशसभालाई मुख्यमन्त्री नियुक्तिको सभालाई जानकारी नदिइ विश्वासको मत प्रक्रियामा गएकोे भन्दै प्रमुख विपक्षी एमालेले आपत्ति जनाएपछि केहीबेर बैठक स्थगित भएको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक जना तथा एमालेका २९ र राप्रपाका ४ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ४५ बजे

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा

चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष