२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

एभरेष्ट ईन प्रथम प्रेस चौतारी फुटसलको उपाधि दाङलाई



बुटवल । एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले हात पारेको छ । बिहीबार भएको फाईनल खेलमा दाङले बाँकेलाई ६-२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बाँकेले नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा बाँकेका कुमार श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार, प्रमाणपत्र, कपबाट पुरस्कार भए । यसैगरी उत्कृष्ट गोलकिपर बाँकेकै केशव राना, सर्वाधिक गोलकर्ता दाङका किरण नेपाली, उत्कृष्ट डिफेन्डर नवलपरासीका टेक हरिजन, रुपन्देहीका रतन कंडेल उत्कृष्ट फरवार्डबाट पुरस्कृत भए ।

प्रतियोगिताकै अवसरमा नेकपा एमाले र प्रेस चौतारी तथा पत्रकार महिलाहरुका बीचमा समेत मैत्रीपूर्ण फुटसल खेलाइएको थियो । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा एक समारोहका बीच नेकपा एमालेका उपमहासचिव तथा प्रचारविभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

त्यस अवसरमा बोल्दै उनले खेलकूद मानिसको स्वास्थ्यको लागि पनि अति जरुरी रहेको भन्दै यस्ता कार्यक्रमलाई आपसी मेलमिलाप र एकताको भावनालाई उवागर गर्ने बताएका थिए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, उपाध्यक्षद्वय राजेश राई र सबिन प्रियासन, केन्द्रीय सचिव प्रदिप आचार्य, प्रदेश अध्यक्ष शोभाखर पोखरेल, महासचिव निरु गौतम, केन्द्रीय सदस्य अमृत गिरि, प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रदेशस्तरीय फुटसल आयोजना गरेर प्रेस चौतारी रुपन्देहीले आपसी अन्तरसम्बन्धलाई स्थापित गरेको बताएका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले खेलकुदमार्फत पत्रकारहरुलाई भातृत्व विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष भगवति पाण्डे, सचिव केशव भण्डारीलगायतले प्रतियोगिता ऐतिहासिकरुपमा सफल भएको बताएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : २२ बजे

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी)

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही