४ पुस २०८२, शुक्रबार | December 19, 2025

एन्फा आकस्मिक बैठक सोमबार



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो ।

एन्फाका महासचिव किरण राईले सोमबार आकस्मिक बैठक बोलाएको जानकारी दिए । यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गरेका थिए ।

एजेण्डैमा समावेश नगरेपछि विवाद भइरहेको बेला अध्यक्ष पंकज नेम्वाङ पक्षका कार्यसमिति सदस्य पुरुषोत्तम थापाले टेबल उचालेर पछार्दा सिसा फुटेपछि विवादले उग्र रूप लिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : २० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज