२० मंसिर २०८२, शनिबार | December 7, 2025

सिकाई सहजिकरणमा लायन्स बुटवल स्टार्रसको सहयोग



बुटवल । बुटवल माध्यामिक विद्यालयले शुरु गरेको सिकाई सहजिकरण कार्यक्रम २०७७ लाई लायन्स क्लब अफ बुटवल स्टारर्सले सहयोग गरेको छ ।

लक डाउनका कारण कक्षाकोठामा अध्ययनमा समस्या भएपछि विद्यालय तथा कर्मचारीहरु परिचालन गरि बुटवल माविले १२ स्थानमा सेवा शुरु गरेको हो । प्रधानाध्यापक अकरमुला खाले विद्यार्थीहरुको समुदायमा नै स्थान छनौट गरि पायक पर्ने स्थानमा रेडियो, टिभी कार्यक्रम चलाईने बताए ।

कार्यक्रमको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले लक डाउनको कारण घरमा बसेका विद्यार्थीहरुलाई असार १५ देखि सिधै पढाइ अघि बढाउने भन्दा पनि मानसिक रुपमा सिकाई विकास गर्न जरुरी रहेको बताए । स्थानिय टोलमा बच्चाहरुलाई जम्मा गरेर पायक पर्ने स्थानमा सिकाई सहजिकरण गर्न शिक्षकहरु परिचालन गर्न सुझाव दिए ।

लायन्स क्लब अफ बुटवल स्टारर्सले १२ थान रेडियो र ३१ दर्जन कपी, पेन्सिल लगायत स्टेशनरी सामग्री बुधबार हस्तान्तरण गरेको छ । कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्रसका अध्यक्ष सुशील पाण्डेले नेपाल सरकारको निर्देशन अनुसार कक्षा संचालनमा संस्थागत रुपमा सहयोग गरेको बताए ।

कार्यक्रममा लायन्स एरिया चिफका सन्दिप कसौधन, रिजन चेयरपर्सन आशिषकृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमएल पाण्डे, पत्रकार कृष्ण मल्ल, कार्यक्रमका संयोजक दुर्गा आले लक डाउनको समयमा विद्यार्थीहरु घरमा सृजनसिल बनाउने गरि लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल