२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सिकाई सहजिकरणमा लायन्स बुटवल स्टार्रसको सहयोग



बुटवल । बुटवल माध्यामिक विद्यालयले शुरु गरेको सिकाई सहजिकरण कार्यक्रम २०७७ लाई लायन्स क्लब अफ बुटवल स्टारर्सले सहयोग गरेको छ ।

लक डाउनका कारण कक्षाकोठामा अध्ययनमा समस्या भएपछि विद्यालय तथा कर्मचारीहरु परिचालन गरि बुटवल माविले १२ स्थानमा सेवा शुरु गरेको हो । प्रधानाध्यापक अकरमुला खाले विद्यार्थीहरुको समुदायमा नै स्थान छनौट गरि पायक पर्ने स्थानमा रेडियो, टिभी कार्यक्रम चलाईने बताए ।

कार्यक्रमको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले लक डाउनको कारण घरमा बसेका विद्यार्थीहरुलाई असार १५ देखि सिधै पढाइ अघि बढाउने भन्दा पनि मानसिक रुपमा सिकाई विकास गर्न जरुरी रहेको बताए । स्थानिय टोलमा बच्चाहरुलाई जम्मा गरेर पायक पर्ने स्थानमा सिकाई सहजिकरण गर्न शिक्षकहरु परिचालन गर्न सुझाव दिए ।

लायन्स क्लब अफ बुटवल स्टारर्सले १२ थान रेडियो र ३१ दर्जन कपी, पेन्सिल लगायत स्टेशनरी सामग्री बुधबार हस्तान्तरण गरेको छ । कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्रसका अध्यक्ष सुशील पाण्डेले नेपाल सरकारको निर्देशन अनुसार कक्षा संचालनमा संस्थागत रुपमा सहयोग गरेको बताए ।

कार्यक्रममा लायन्स एरिया चिफका सन्दिप कसौधन, रिजन चेयरपर्सन आशिषकृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमएल पाण्डे, पत्रकार कृष्ण मल्ल, कार्यक्रमका संयोजक दुर्गा आले लक डाउनको समयमा विद्यार्थीहरु घरमा सृजनसिल बनाउने गरि लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : २० बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र