४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू-भागमा हावाहुरीको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

यसैगरी आज अपराह्न १-२ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताए । उनका अनुसार प्रि-मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उनको भनाइ छ ।

देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम चर्किएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान गरिएको छ । आज राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम भने बदली हुने अनुमान गरिएको छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १२ : २६ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता