२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रोहिणी-३ मा ५० प्रतिशत अनुदानमा कृषकलाई पम्पसेट वितरण



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व हुने भएकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए । उनले मेशिनरीको रेखदेख, मर्मतसम्भारमा ध्यान दिन कृषकहरुलाई आग्रह गरे । उनले भने, ‘उपलब्ध भएको पम्पसेटबाट कसरी लाभ लिने, कसरी उत्पादकत्व बढाउने भन्नेतर्फ ध्यान दिनुपर्छ । मेशिनको दुरुपयोग नहोस् । ’ कृषि शाखा प्रमुख यादवले कृषिको व्यवसायीकरण र आधुनिकीकरण आवश्यक रहेको बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले कुनै पनि किसानलाई भेदभाव नगरिएको बताए । उनले वडाका विभिन्न स्थानमा बोरिङ जडान गरिएको बताए । उनले भने, ‘हिजो जुन स्थानमा केही उत्पादन भएको थिएन, आज त्यहाँ हराभरा छ । यसले हामीलाई खुसीको अनुभुति भएको छ । ’

गाउँ कार्यपालिका सदस्य नियामत अलीले तरकारी खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गरे । उनले भने, ‘नेपाल कृषिप्रधान देश हो । तरकारी खेतीमा जोड दिन सक्यौं भने तरकारी किनेर खानुपर्दैन ।’

रोहिणी-३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले आगामी दिनमा पनि कृषि क्षेत्रको विकासका लागि वडा कार्यालय र गाउँपालिकाबाट सक्दो काम अगाडि बढाउने बताए ।

गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले रोहिणी गाउँपालिकामा ८० प्रतिशत बढी नागरिक कृषि पेशामा आश्रित रहेको बताए । उनले भौतिक पूर्वाधारसँगै गाउँपालिकाले सामाजिक विकासमा पनि जोड दिएको बताए । उनले भने, ‘कृषिमा आत्मनिर्भर हुनुपर्छ । परम्परागत रुपमा गरिने खेतीका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’ उनले सामूहिक खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गरे ।

कृषकहरुको तर्फ बोल्दै स्थानीय चन्द्र कुमार सिंहले कृषकलाई पम्पसेट वितरण गरेकोमा धन्यवाद दिदै सिंचाईको व्यवस्था गर्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले भने, ‘पम्पसेट उपलब्ध भएको छ । सिंचाईका लागि व्यवस्था गर्नेतर्फ वडा कार्यालय र गाउँपालिका लाग्नुपर्छ ।’

रोहिणी गाउँपालिका-३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका कृषि शाखा प्रमुख जितेन्द्र यादवको प्रमुख आतिथ्यता, ३ नम्बर वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर कृष्णमोहन यादवको स्वागत तथा वडा सचिव पुर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : २४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको