१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रतिनिधिसभा बैठकमा राप्रपाको विरोध, पन्ध्र मिनेटको लागि बैंठक स्थगित



काठमाडौं । राप्रपाका सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि सभामुख घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए । सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेर्दै नाराबाजी गरिरहे । यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गर्नुपर्ने भएकाले अहिलेलाई शून्य समयको मात्र व्यवस्था गरिएको भन्दै सभामुख घिमिरेले बैठक चल्न सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : २४ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको