२० असार २०८३, शनिबार | July 4, 2026

रोहिणी गाउँपालिकामा अवैध उत्खनन् रोक्न खोज्दा अवरोध

सरकारी काममा बाधा विरोध गर्ने घटनामा संलग्नलाई कारवाहीको माग



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले अवैध रुपमा माटो उत्खनन् भएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न जाँदा अवरोध भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बुधबार विज्ञप्ती जारी गर्दै अनुगमनका क्रममा गाउँपालिका कार्यालयको गाडीलाई अवरोध गर्ने अभिप्रायले सडकमा पानी टंयाकर तथा ट्याक्टर तेस्र्याई गाडी रोकेको एवं नाराबाजी तथा गालीगलौज गर्दै सरकारी कामकाजमा बाधा उत्पन्न गरी अभद्र व्यवहार प्रदर्शन गरिएकोप्रति गम्भिर ध्यानकर्षण भएको बताएका छन् ।

रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित बेनीपुरमा अवैध रुपमा माटो उत्खनन् भएको भन्ने जानकारी प्राप्त भएपछि अनुगमनमा पुगेको अध्यक्ष यादवले बताए ।

‘गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुसमेतको टोली वैशाख २६ गते मंगलबार बेनीपुर पुगेको थियो, ’विज्ञप्तीमा भनिएको छ । ‘गाउँपालिकाले गत वैशाख २१ गते सूचना जारी गर्दै सातैवटा वडाअन्तर्गत पोखरी निर्माण तथा निजी एवं घरायसी प्रयोजनबाहेक कुनै किसिमको माटो उत्खनन्, विक्रीवितरण तथा ढुवानी निकासी कार्य सूचना जारी भएको मितिदेखि लागू हुने गरी अनुमति बन्द गरेको छ । तर, यो सूचनालाई अटेर गर्दै अवैध रुपमा माटो उत्खनन् गर्नु कानूनविपरीत हो । अनुगमन तथा निरीक्षणका लागि गएको टोलीलाई अवरोध गर्ने कार्यप्रति घोर भ्रत्सना गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

घटनास्थलमा सुरक्षा निकायबाट पनि हुनुपर्ने जति सहयोग हुन नसकेको विज्ञप्तीमा उल्लेख छ । सरकारी काममा बाधा विरोध गरी अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग गाउँपालिकाले आग्रह गरेको छ । ‘आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : १७ बजे

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७