५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमाले केन्द्रीय कमिटीको बैठक सुरु



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । झापामा गर्ने भनिएको बैठक अन्तिम समयमा आएर ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

तीन दिनसम्म चल्ने बैठकबाट विभिन्न १० वटा एजेण्डामाथि छलफल गरी निर्णय गरिने एमालेले जनाएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका एजेण्डामा छलफल हुने जनाइएको छ । भुटानी शरणार्थी प्कण एजेण्डामा नरहेपनि परिस्थितीका कारण त्यस विषयमा छलफल हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

एमाले केन्द्रीय कमिटीमा २ जना निलम्बित सहित ३३५ सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र दुई भौगोलिक सहित ९ जना प्रदेश कमिटी अध्यक्षहरु बैठकमा सहभागी हुनेछन् ।

यसअघि एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  १२ : ३९ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले