२० मंसिर २०८२, शनिबार | December 6, 2025

डोल्पा पुग्न हवाइ कम्पनीको एकाधिकारको अन्त्य, आजबाट बसमा डोल्पा जान सकिने



नेपालगन्ज । कर्णालीको डोल्पा सडकसञ्जालमा जोडिएसँगै हवाई कम्पनीहरुको एकल अधिपत्यको अन्त्य भएको छ । सडक सञ्जालको अभावमा हवाई मार्गबाट मात्र यात्रा गर्न बाध्य हुदै आएका कर्णाली प्रदेशका डोल्पालीहरु अव नेपालगन्जबाट बस चढेर गृह जिल्ला जान सक्ने भएका छन् ।

सडक सञ्चालनमा आए लगत्तै यातायात व्यवसायीले नेपालगन्जदेखि डोल्पासम्मका लागि बस सेवा सञ्चालनमा ल्याएका छन् । आजबाट हरेक दिन दिउसो ३ बजे डोल्पाका लागि दैनिक एक बस छुटाउने गरी तयारी गरिएको यातायात व्यवसायीहरुले जानकारी दिएका छन् ।

देउराली यातायात प्रालिका अध्यक्ष लक्ष्मण केसीका अनुसार डोल्पाको से–फोक्सुण्डो यातायात र नमस्ते देउराली यातायात प्रालि नेपालगन्ज बीचको सहकार्यमा बस सेवा सञ्चालन गर्न लागिएको हो ।

हवाई टिकट नपाएर महिनौसम्म नेपालगन्जमा बेखर्ची भएर बस्नु पर्ने डोल्पाली जनताको बाध्यतालाई समाधान गर्ने गरी दैनिक एक बस दुबै तिरबाट छुट्ने गरी सञ्चालन गरिने अध्यक्ष केसीले बताए ।

ब्यवसायीले डोल्पासम्म एकतर्फी प्रति व्यक्ति ३ हजार ५सय भाडा तय गरेका छन् ।
डोल्पा सडक सञ्जालसंग जोडिएसंगै पहिलो पटक आरामदायी सिट सहितको नयाँ बस सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : २६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय