काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै बुटवलबाट पक्राउ गरेको थियो ।
शनिबार काठमाडौं आएका रायमाझीलाई पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।



















प्रतिक्रिया