६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सकिएन बालकृष्ण खाँणको बयान, भोलि फेरि निरन्तर



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।

वैशाख २७ गते नक्कली शरणार्थी प्रकरणमा उनी पक्राउ परेका थिए । पक्राउ परेपछि सुरुमा ३ दिन म्याद थप गरिएको थियो । प्रहरीले आइतबार दोस्रो पटक ४ दिन म्याद थप गरेको छ । बयानका लागि अनुसन्धान टोलीले ६० भन्दा धेरै प्रश्न तयार गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा पैसाको लेनदेनदेखि प्रतिवेदन किन परिर्वतन गरियोसम्मका प्रश्न उनलाई सोधिएको थियो । अनुसन्धानका लागि सोधिएको प्रश्नमा खाणले के उत्तर दिए भन्ने कुरा अनुसन्धानकै पाटो भएकाले भन्न नमिल्ने एक सरकारी वकिलले बताए ।

बयान सकिएपछि अब प्रहरीले अर्का राजनीतिक नेता टोपबहादुर रायमाझीको बयान लिनेछ । बयानमा क्रममा सचिव पाण्डेले रकम दिएको भनी स्वीकार गरेकाले उक्त रकमको बारेमा पनि सोधिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ३ : ४८ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र