१५ चैत्र २०८२, आइतबार | March 29, 2026

होटल व्यवसाय छिट्टै सञ्चालन हुने पर्यटनमन्त्री भट्टराईको विश्वास



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए ।

अहिलेको पर्यटक/ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उनले जिकिर गरे ।

व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उहाँले बताउनुभयो । भोली होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उनले बताए ।
मन्त्री भट्टराईले भने, ‘मान्छे आएर बस्नुप¥यो, मान्छे बस्नुप¥यो । पर्यटकहरु आउनुप¥यो । आन्तरिक पर्यटक पनि आउनुप¥यो । होटलमा बस्न सुरक्षित छैन् । सामाजिक दुरी छैन् । अरु उपायहरु अवलम्बन भएको छैन भने होटल खोलेर मात्रै को आउँछ ? त्यसैले प्रत्येक पर्यटकिय क्षेत्रहरुलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ । सबै ठाउँमा पुगेको छ । सबै होटल व्यवसायीहरुले त्यो अनुसार आफुलाई तयारीमा राख्नुपर्यो ।’

व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले जिकिर गरे । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने दाबी गरे । निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उनले बताए ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लक डाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले स्वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको प्रष्ट पारे । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादीत ओम्नी समुहले अहिलेसम्म ढुवानी बापतको रकम एयरलाइन्सलाई दिएको छैन् । उनले भने, ‘टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी रहेको छ । एयरलाइनसले पाउन बाँकी छ । हामी लिन्छौँ । नेपाल एयरलाइन्सले छिन्छ । छट्टै लिन्छौँ । ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयमसेवा गर्ने ? ओम्नी समूहले पैसा तिर्नुपर्छ त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलाय हुन्छ ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : १९ बजे

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी