२९ मंसिर २०८२, सोमबार | December 15, 2025

होटल व्यवसाय छिट्टै सञ्चालन हुने पर्यटनमन्त्री भट्टराईको विश्वास



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए ।

अहिलेको पर्यटक/ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उनले जिकिर गरे ।

व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उहाँले बताउनुभयो । भोली होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उनले बताए ।
मन्त्री भट्टराईले भने, ‘मान्छे आएर बस्नुप¥यो, मान्छे बस्नुप¥यो । पर्यटकहरु आउनुप¥यो । आन्तरिक पर्यटक पनि आउनुप¥यो । होटलमा बस्न सुरक्षित छैन् । सामाजिक दुरी छैन् । अरु उपायहरु अवलम्बन भएको छैन भने होटल खोलेर मात्रै को आउँछ ? त्यसैले प्रत्येक पर्यटकिय क्षेत्रहरुलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ । सबै ठाउँमा पुगेको छ । सबै होटल व्यवसायीहरुले त्यो अनुसार आफुलाई तयारीमा राख्नुपर्यो ।’

व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले जिकिर गरे । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने दाबी गरे । निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उनले बताए ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लक डाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले स्वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको प्रष्ट पारे । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादीत ओम्नी समुहले अहिलेसम्म ढुवानी बापतको रकम एयरलाइन्सलाई दिएको छैन् । उनले भने, ‘टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी रहेको छ । एयरलाइनसले पाउन बाँकी छ । हामी लिन्छौँ । नेपाल एयरलाइन्सले छिन्छ । छट्टै लिन्छौँ । ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयमसेवा गर्ने ? ओम्नी समूहले पैसा तिर्नुपर्छ त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलाय हुन्छ ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : १९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार