६ पुस २०८२, आइतबार | December 21, 2025

सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

सो बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संसोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली-२०७५ संसोधन मस्यौदा समितिमा राष्ट्रिय सभा सदस्यहरुको मनोनयनसहित समिति’ गठन सबन्धि प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन् ।

उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सबन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०८०’ स्विकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनकुमार बस्नेतले ‘कोभिड-१९ संककट ब्यवस्थापन विधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : ५१ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र