४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

अनशनरत बर्दियाका सांसद गौतमले भौतिक पूर्वाधारमन्त्री ज्वालाबाट जुस पिएर अनशन तोडे



काठमाडौं । बिभिन्न माग राख्दै आमरण अनशनमा बसेका बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा अनशन तोडेका छन् ।

पप्पु निर्माण कम्पनीको लापरवाहीले भाँच्चिएको बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुस खुवाएर अनशन अन्त्य गराएका छन् । अनशन तोड्नु अघि मन्त्री ज्वालासँग ११ बुँदे सहमति भएको थियो ।

अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्नाभएको बताइएको छ ।

पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखदेखि जब्दीघाटको भत्किएको पुलमुनि सांसद गौतम आमरण अनशन बसेका थिए । गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थलमा नै पुगेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ५ : ४० बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको