२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रोट¥याक्टर र इन्ट¥याक्टरहरुका लागि करियर विकास कार्यक्रम



बुटवल । रोटरी क्लव अफ बुटवलले इन्ट¥याक्टर तथा रोट¥याक्टरहरुका लागि करियर विकास कार्यक्रम संचालन गरेको छ ।

दीप बोर्डिङ स्कुल बुटवलमा आयोजना गरेको कार्यक्रममा रोटरी क्लव अफ बुटवलले स्पोन्सर गरेका ६ वटा इन्ट¥याक्ट क्लव र ३ वटा रोट¥याक्ट क्लव सहभागी थिए । जसमा इन्ट¥याक्ट क्लव अफ दीप बोर्डिङ, इन्ट¥याक्ट क्लव अफ होराईजन, इन्ट¥याक्ट क्लव अफ क्यानन, इन्ट¥याक्ट क्लव अफ पामिर, इन्ट¥याक्ट क्लव अफ अक्सफोर्ड र इन्ट¥याक्ट क्लव अफ कालिकाका इन्ट¥याक्टरहरु सहभागी थिए । त्यस्तै रोट¥याक्टर क्लव अफ बुटवल, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोट¥याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सहभागी थिए ।

सहभागी इन्¥याक्ट तथा रोट¥याक्टरहरुलाई वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजङ थापा, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले करियर विकासका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पिया, उपाध्यक्ष कृष्णप्रसाद पराजुली, सचिव लालहरि पाण्डेलगायतले करियर विकास कार्यक्रमले इन्ट¥याक्ट तथा रोट¥याक्टरहरुको बौद्धिक क्षमताका साथै जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा इन्ट¥याक्टर तथा रोट¥याक्टर गरी १ सय ८० जनाको सहभागिता रहेको थियो । रोटरी क्लव अफ बुटवलले आफुनो १४ सय ६२ औं नियमित बैठकको अवसरमा करियर विकास कार्यक्रमको आयोजना गरेको हो ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : ५८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले