१ पुस २०८२, मंगलबार | December 16, 2025

योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ- डिस्नेरी हेरेर आउनुस्



काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्दको विषयले एमाले र माओवादी सांसदबीच सवालजवाफ चलेको छ ।

गत शुक्रबार संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा भइरहेको छलफलमा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्न्द्रका सांसद देवेन्द्र पौडेलबीच सवालजवाफ भएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाए ।

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले तर, राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे ।

उनीपछि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका माओवादीका देवेन्द्र पौडेलले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै डिस्नेरी हेर्न सुझाव दिए ।

जनता सहभागी भएर भएका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै पौडेलले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिएका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १ : १८ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच