१५ माघ २०८२, बिहिबार | January 30, 2026

१९८ जना नेपाली विद्यार्थीलाई ‘एम्बेसेडर अफ पाकिस्तान’ छात्रवृत्ति प्रदान



काठमाडौं । पाकिस्तानी राजदूतावासले १९८ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आज दूतावासले काठमाडौंमा ११औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गर्दै नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १९८ नेपाली विद्यार्थीलाई “एम्बेसेडर अफ पाकिस्तान छात्रवृत्ति” प्रदान गरेका छन् ।

दूतावासले देशभरका सरकारी विद्यालयबाट छानिएका उत्तम विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैआएको छ । यस वर्ष ४३ विद्यालयका १९८ विद्यार्थीलाई नगद र ल्यापटप प्रदान गरिएको छ ।

त्यसअवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पाकिस्तानको निरन्तर सहयोग प्राप्त भैरहेकोमा प्रशंसा गरे । उनले शिक्षाको क्षेत्रमार्फत नेपाल र पाकिस्तानका जनताबीचको जनता–जनताको सम्पर्कलाई अगाडि बढिरहेको बताउँदै दुई देशबीचको घनिष्ट मैत्रिपूर्ण सम्बध अझ विस्तार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिवद्धता जनाए । उनले पाकिस्तान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो संकल्प र इच्छा पनि व्यक्त गरे ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम विगतका वर्षहरूमा बढ्दै गएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ४ : १९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला