४ पुस २०८२, शुक्रबार | December 20, 2025

दाताको सहयोगमा धार्मिक पुस्तकालय



गण्डकी । सनातन वैदिक धर्म-संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका-२ का श्यामप्रसाद श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् ।

रु चार लाखको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती महाराजले शुभारम्भ गरे । पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी पन्ध्र सय बढी पठन सामग्री सङ्ग्रह गरिएको छ ।

पुस्तकालयका संस्थापक श्रेष्ठले बुवा ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको बताए । उनले भौतिक संरचना र पुस्तक थप्दै जाने बताए । “धार्मिक र आध्यात्मिक पुस्तक थप्दै जान्छौँ”, उनले भने, “राधाकृष्ण मन्दिरको एउटा अभिन्न अङ्गको रूपमा पुस्तकालयलाई विकास गर्ने योजना छ ।”

राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले पुस्तकालयमा धर्म, परम्परा र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू खोजी-खोजी सङ्ग्रह गरिने बताए । उनले श्रेष्ठ परिवारले पुस्तकालयसँगै मन्दिरको भौतिक पूर्वाधार र व्यवस्थापकीय सुधारमा उल्लेखनीय सहयोग पु¥याएको बताए ।

बागलुङ-३ मा अवस्थित राधाकृष्ण मन्दिर हिन्दू धर्मावलम्बीहरूको पवित्रस्थल हो । श्रीकृणाष्टमीलगायत धार्मिक पर्वमा सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । स्थानीयवासीले मन्दिरलाई धार्मिक सत्सङ्ग र अनुष्ठानका गर्ने स्थलका रूपमा लिने गर्छन् ।

स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा राधाकृष्ण मन्दिर विकसित भइरहेको बताए । उनले वैदिक धर्म, संस्कृति र पूर्वीय दर्शन तथा सभ्याताको उत्थान एवं प्रसारमा धार्मिक पुस्तकालयले महत्वपूर्ण टेवा पुर्याउने बताए ।

उनले प्रविधि र यन्त्रमा आएको नयाँ विकासले पुस्तकालयको महत्व नघट्ने धारणा राखे । “पुस्तकालको महत्वपछि झन्झ-न् बढ्छ”, उनले भने, “नयाँ-नयाँ प्रविधिको प्रयोग गरेर पुस्तकालयलाई थप सुसज्जित र समयालुकूल बनाउन सकिन्छ ।”

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको