२० बैशाख २०८३, आइतबार | May 4, 2026

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन् ।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए। उनले रविलाई भारत भ्रमणको निम्तो दिएको पनि रास्वपाका एक नेताले बताएका थिए।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ५७ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता