२० बैशाख २०८३, आइतबार | May 4, 2026

देउवालाई गगन थापाको प्रश्न- नेतृत्व छाड्न तयार हो ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री आफ्नो पार्टी अफ्ठ्यारोमा अवस्थाबाट गुज्रिएको बताएका छन् ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् ।

आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर देउवा यसका लागि तयार हो ? भनेर प्रश्नसमेत गरेका छन् ।

सबैले नेतृत्वले ठिक ढंगसँग काम गर्न नसकेको गुनासो आइरहेको बताउँदै महामन्त्री थापाले भने, ‘हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? उहाँ तयार हुनुहुन्छ ?’

जहाँबाट समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : ५८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता